६ आश्विन २०८३, मंगलबार | September 22, 2026

एमाले सचिवालयद्वारा कार्यदल प्रतिवेदन पारित, केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण कार्यदलले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको छ।

सोमबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरूको सुझावसमेत समेटेर प्रतिवेदन पारित गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।

भट्टका अनुसार कार्यदलले तयार पारेको २९ पृष्ठ लामो प्रतिवेदनमा आवश्यक परिमार्जन गरिएको छ। यसअघि निर्वाचन समीक्षाका विषयमा तयार भएका तीनवटा छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एकीकृत प्रतिवेदन तयार पारिएको उनले बताए।

‘प्रतिवेदन सुझावसहित पारित भएको छ,’ भट्टले भने, ‘प्रतिवेदनमा अध्यक्षले राजीनामा दिने र विशेष महाधिवेशन गर्ने विषय समावेश छैन।’

उनका अनुसार कार्यदलले प्रतिवेदन बुझाएसँगै उसको कामसमेत सकिएको छ। प्रतिवेदनमा समावेश सुझावहरूलाई अनुसूचीका रूपमा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ।

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेण्डाहरू पनि तय गरेको छ। बैठकमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषय प्रस्तुत हुनेछन्।

पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनसम्बन्धी विषयबारे भने अहिले कुनै विवाद नरहेको भट्टको दाबी छ। उनका अनुसार अध्यक्षको ‘रिजर्भेसन’ तथा विमतिका विषयमा समेत पहिले नै सहमति भइसकेको छ।

सचिवालय बैठक सकिएलगत्तै एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ११ : ४५ बजे

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा