९ भदौ २०८३, मंगलबार | August 25, 2026

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान



बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा चार जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट ‘फोर जीपीए’ ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई आगामी शैक्षिक यात्राको शुभकामनासहित उपमहानगरपालिकाले सम्मान गरेको हो ।

यस वर्ष बुटवलबाट ४७ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । नगरभित्रबाट कुल ४ हजार १६१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । गत वर्ष बुटवलबाट ४८ जना विद्यार्थीले चार जीपीए ल्याएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिक्षा क्षेत्रलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राख्दै उच्च लगानी गर्दै आएको बताए ।

उनले बुटवलले कुल बजेटको २७ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान गरी शिक्षाको गुणस्तर सुधार गर्ने काम भइरहेको बताए ।

“शिक्षा नै समृद्धिको आधार हो । गुणस्तरीय शिक्षा प्रदान गर्न उपमहानगरपालिकाले निरन्तर लगानी र सुधारका कार्यक्रम अघि बढाएको छ,” नगर प्रमुख पाण्डेयले भने ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई शैक्षिक हबका रूपमा विकास गरिएको बताइन् । उनले विद्यार्थीलाई उच्च शिक्षाको गन्तव्यका रूपमा बुटवल रोज्न आग्रह गर्दै शैक्षिक वातावरण थप व्यवस्थित बनाइँदै लगिएको जानकारी दिइन् ।

यस वर्ष बुटवलका विभिन्न विद्यालयमध्ये अक्सफोर्ड माध्यमिक विद्यालयबाट सबैभन्दा धेरै ११ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । त्यसैगरी दीप बोर्डिङ स्कुलका ७ जना तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयका ६ जना विद्यार्थीले चार जीपीए हासिल गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ६ : ५३ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी