१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने



काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई नेपालमा गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो ।

गणतन्त्र स्थापना भएको अर्को वर्षदेखि नै सैनिक मञ्च टुँडीखेलमा आजका दिन विशेष समारोह आयोजना हुँदै आएको छ । गणतन्त्र दिवसको स्वागत आज बिहानै नेपाली सेनाले तोप पड्काएको छ ।

सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने कार्यक्रम रहेको छ । हरेक वर्ष प्रधानमन्त्रीबाट संबोधन हुँदै आएको विशेष समारोहमा यस वर्ष भने समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । अघिल्ला वर्षहरुमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । तर यस वर्ष भने प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने जिम्मा राष्ट्रपति रामचन्द्र पौडेललाई सुम्पिएर आफु सहभागी मात्र हुने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ ।

तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो संविधानसभाको बैठकले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई बिदा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ७ : १२ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका