१५ भदौ २०८३, सोमबार | August 31, 2026

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उनी शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रचण्ड केही दिनयता ज्वरो, रुघाखोकीलगायत समस्याबाट पीडित थिए। स्वास्थ्य परीक्षणका क्रममा निमोनियाको प्रारम्भिक लक्षण देखिएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन अस्पतालमै राखेर उपचार गराउने निर्णय गरिएको हो।

स्वास्थ्य अवस्था कमजोर बनेपछि प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवसको मुख्य समारोहमा सहभागी भएका थिएनन्। साँझ बजेट प्रस्तुत गर्दा पनि प्रतिनिधिसभाको बैठकमा पनि उनी अनुपस्थित रहेका थिए।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  २ : २८ बजे

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना