५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सुर्तीजन्य पदार्थको सेवन त्याग्न स्वास्थ्यमन्त्री मेहताको आग्रह



काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छिन् । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्र्दशमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरिन् ।

सन्देशमा मन्त्री मेहताले भनेकी छिन्, “सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ ।”

मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरिन । सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत उनले उल्लेख गरिन् ।

मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विशाक्त तत्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गरेकी छिन् । “सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिव २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन्”, सन्देशमा भनिएको छ,“देशमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्याङ्क अत्यन्त दुःख र सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।”

मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गरेकी छिन। उनले सन्देशमा भनेकी छिन्, “विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षण र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारीकरण गर्ने काम भइरहेको छ, जसले समस्यालाई झनै गम्भीर बनाएको छ । अब यस्तो नगरौँ । सुर्तिजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न लागौँ ।”

मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको समाना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिएको बताइन ।

नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँस कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १० : ३५ बजे

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

कीर्तिपुरमा पार्किङमा राखिएको कारमा आगलागी, एकजनाको जलेको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई साउन १२ र १३ गते हुने

काठमाडौं । निर्वाचन आयोगको भावी कार्यकालका लागि प्रस्तावित प्रमुख निर्वाचन

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर