३० भदौ २०८३, मंगलबार | September 15, 2026

प्रधानमन्त्री बनेपछि थाहा पाएँ – भारतले मात्र होइन, नेपालले पनि भूमि अतिक्रमण गरेको रहेछ



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी रहेको बताउँदै नेपालले मात्र नभई भारतले पनि केही स्थानमा एकअर्काको भूमि अतिक्रमण गरेको तथ्य आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सीमा विवादबारे नयाँ तथ्यहरू आफूले प्रधानमन्त्री बनेपछि जानकारी पाएको उल्लेख गरे।

उनले भने, “म प्रधानमन्त्री भएपछि थाहा पाएको हो। भारतले नेपालको मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको रहेछ। यो विषयलाई टेबल टकमार्फत साथीका रूपमा बसेर छलफल गरी समाधान गरिनेछ।”

लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका सीमा विवादका विषयमा सरकार गम्भीर रहेको बताए। उनले यी विषयलाई मित्रवत् संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै दुवै देशका सरोकार र संवेदनशीलतालाई ध्यानमा राखेर सीमा सम्बन्धी विवादहरू समाधानतर्फ अघि बढाइने बताए। उनले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितका विषयमा सरकारले कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोजिरहेको जानकारी दिए।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  २ : ११ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा