३० भदौ २०८३, मंगलबार | September 15, 2026

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाए



काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीलाई उच्च अदालत पाटनकै सफाइ दिने फैसला सदर हुने ठहर गरेको हो।

त्यसअघि जिल्ला अदालत काठमाडौँले २०८१ जेठमा दोषी ठहर गर्दै न्यायाधीश गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएका गिरीले त्यहाँबाट भने सफाइ पाएका थिए।

गिरीलाई उनकै पूर्वपत्नी आरती रावल गिरीले बलात्कारको आरोप लगाएकी थिइन्। उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै गिरीलाई सफाइ दिएको थियो।

पूर्वपत्नीको जाहेरीपछि प्रहरीलाई उनलाई कपिलवस्तुबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। जिल्ला अदालतको फैसलाबाट निलम्बित अवस्थामा रहेपनि उच्च अदालतले सफाइ दिएपछि उनी न्यायाधीशकै जिम्मेवारीमा फर्किएका थिए।

यता मंगलबार सर्वोच्चमा सुनुवाइ भइरहँदा आरती रावलले भने पेटिकोट मात्रै लगाएर सर्वोच्च पुगेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ९ : ३१ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध