२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

रास्वपा सभापति लामिछानेले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका लामिछानेले बुधबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेका हुन् ।

दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको जनाइएको छ । भेटवार्तामा नेपाल-भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, विकास सहकार्य तथा दुई देशबीचको जनस्तरको सम्बन्धका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा छन् । भ्रमणका क्रममा उनले यसअघि भारतका विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा नेतृत्वसँग समेत भेटवार्ता गरिसकेका छन् ।

रास्वपाका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउनु, लोकतान्त्रिक मूल्य-मान्यतासम्बन्धी अनुभव आदानप्रदान गर्नु तथा राजनीतिक तहमा संवाद विस्तार गर्नु रहेको छ ।

लामिछाने नेतृत्वको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन् । टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  २ : १७ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ