३ श्रावण २०८३, आइतबार | July 19, 2026

चोरी भएका सवारीसाधन हस्तान्तरण



काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४० वटा स्कुटर र मोटरसाइकल सम्बन्धित मालिकलाई जिम्मा लगाएको छ ।

सवारी हस्ताणतरण कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जथाभावी स्थानमा सवारी पार्किङ नगर्न, आधुनिक सुरक्षा प्रणाली अपनाउन तथा ‘जीपीएस ट्र्याकिङ’ प्रणाली जडान गर्न सवारी धनीलाई आग्रह गरे ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष वैशाखसम्ममा विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५९२ वटा स्कुटर र मोटरसाइकल फेला पारिएको जानकारी दिए ।

ट्राफिक प्रहरीले सवारी धनीलाई सुरक्षित पार्किङ प्रयोग गर्न, सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न तथा जीपीएस जडान गरी सवारीको अवस्थाबारे नियमित निगरानी गर्न सुझाव दिएको छ ।

कार्यक्रममा सहभागी सवारी धनीहरूले लामो समयपछि आफ्ना हराएका सवारी साधन फेला पारिदिएकोमा ट्राफिक प्रहरीप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ९ : २९ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब