२० भदौ २०८३, शनिबार | September 5, 2026

हात्तीको दाह्रासहित पाँच जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) सहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका-९ का २५ वर्षीय राजीव महर्जन, काठमाडौं महानगरपालिका-१७ का २७ वर्षीय आयुष महर्जन, गोरखाको अजिरकोट गाउँपालिका-४ का २० वर्षीय सन्तबहादुर भुजेल, सोही जिल्ला धार्चे-४ का २६ वर्षीय टेकप्रसाद गुरुङ तथा बैतडीको डिलासैनी गाउँपालिका-३ का २४ वर्षीय पुरन बोहरा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरत्कुमार थापाक्षेत्रीले जानकारी दिए ।

उनले भने, “काठमाडौंको मनमैजु क्षेत्रमा राजीव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार बिक्री वितरण तथा सञ्चय गरिराखेको सूचनाका आधारमा हाम्रो टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।”

राजीव महर्जनको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा दुई थान र निजको घर कोठामा ट्रमाडोल-५० लेखिएको लागुऔषध १५० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा एवं पुरन बोहरा र सन्तबहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रवक्ता थापाक्षेत्रीले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ८ : ०९ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी