२८ भदौ २०८३, आइतबार | September 13, 2026

एसियन गेम्स छनोटको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै



काठमाडौं । सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुर नेसनल क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए भने कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन जोडेका थिए ।

त्यसअघि नेपालले ओमानलाई १९.४ ओभरमा ९४ रनमा समेटेको थियो । नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट हात पारेका थिए ।

यता दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो ।

जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका छन् । दुवै टोली उपाधिसँगै अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछन् ।

हेड-टु-हेडमा नेपाल अगाडि

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म १४ पटक भेट भएको छ । जसमा नेपालले सात खेल जितेको छ भने हङकङ पाँच खेलमा विजयी भएको छ। दुई खेल वर्षाका कारण नतिजाविहीन भएका थिए ।

नेपालले समूह चरणमा चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । उत्कृष्ट लयमा रहेको नेपाली टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

यसैबीच, प्रतियोगिताको तेस्रो स्थानका लागि आज मलेसिया र ओमानबीच पनि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ७ : ५८ बजे

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।