१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा



काठमाडौं । नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।

ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो । जितका लागि ६४ बल बाँकी रहँदै लक्ष्य भेट्टाएको नेपालका लागि लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ खेले । उनले २६ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले २० रनको योगदान दिए । आशिफ शेख भने १ रनमै आउट भएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले १९.४ ओभरमा ९४ रनमा समेटेको थियो। नेपाली बलरहरूले सुरुदेखि नै ओमानमाथि दबाब कायम राखेका थिए ।

नेपालका लागि करण केसीले ४ ओभरमा एक मेडनसहित २० रन खर्चेर ३ विकेट लिए। सन्दीप लामिछानेले १९ रन खर्चेर २ विकेट हात पारे भने सोमपाल कामीले एक मेडनसहित २६ रन दिएर २ विकेट लिए । साहब आलम, कुशल मल्ल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिए ।

ओमानका कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए । जुबैर अल बालुशीले २२ तथा अब्दुल जलीलले १६ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । नेपालले यसअघि समूह चरणमा चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको विशाल अन्तरले हराएको थियो ।

नेपालले अब फाइनलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल सोमबार सिंगापुरमा हुनेछ ।

यसअघि नै नेपाल, मलेसिया, ओमान र हङकङ एसियन गेम्सका लागि छनोट भइसकेका छन् । सेमिफाइनलमा पुगेका चारै टोलीले एसियन गेम्सको टिकट सुरक्षित गरेका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १२ : ५१ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत