२८ भदौ २०८३, आइतबार | September 13, 2026

हङकङलाई हराउँदै नेपाल एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन



काठमाडौं । नेपालले सिंगापुरमा जारी एघारौं संस्करणको ‘मेन्स टी-२० आई एसियन गेम्स क्वालिफायर’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार नेसनल क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा हङकङलाई डीएलएस पद्धतिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

हङकङले दिएको १८९ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाल ११.३ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि डीएलएस पद्धतिअनुसार नेपाल विजयी घोषित भएको हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रनको आक्रामक इनिङ्स खेले । अर्का ओपनर आसिफ शेख सस्तैमा आउट भए पनि कप्तान रोहित पौडेल २४ बलमा ३५ रन र दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन बनाएर क्रिजमा अविजित थिए ।

हङकङका लागि आयुष शुक्लाले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए भने एहसान खानले २ ओभरमा २४ रन खर्चेर १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

हङकङका लागि अंशुमन रथले उत्कृष्ट ब्याटिङ गर्दै ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । विकेटकिपर ब्याटर शाहिद वासिफले २८ बलमा ५५ रन जोडे भने शिव माथुरले २६ रनको योगदान दिए ।

नेपालका लागि बलिङतर्फ शेर मल्ल सर्वाधिक सफल रहे । उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे ।

उपाधिसँगै नेपालले प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै एसियन गेम्स छनोटको उत्कृष्ट समापन गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ३ : ५६ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू