७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अनुसन्धान र नवप्रर्वतनसम्बन्धी सम्मेलन सम्पन्न



नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै ‘परिवर्तनका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमा आधारित व्यावहारिक समाधान खोज्ने, शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीच सहकार्य विस्तार गर्ने र अनुसन्धानलाई प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल भएको थियो । दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको उक्त सम्मेलनमा इन्जिनियरिङ, सूचना प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा नीरज केसीले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधि र नवप्रवर्तनमा आधारित व्यावहारिक समाधान खोज्ने उद्देश्य राखिएको उल्लेख गरे । उनका अनुसार नेपालगन्जको बढ्दो गर्मी, पानी व्यवस्थापन समस्या तथा स्थानीय विकासका चुनौतीलाई विशेष रूपमा छलफलमा समावेश गरिएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा विनोदप्रसाद ढकालले बाँके, बर्दिया, सुर्खेत, बुटवललगायत विभिन्न जिल्लाबाट विद्यार्थीको सहभागिता रहेको उल्लेख गर्दै नेपालगन्जलाई प्रविधि तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यअनुरुप सम्मेलन सफल भएको बताए ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा सुदन झा, प्रा डा विनयकुमार मिश्र, प्रा डा मनिष पोखरेल, डा राजन सुवाललगायतका विज्ञहरूले प्रविधि, अनुसन्धान र विकासका विविध आयाममा आफ्ना धारणा प्रस्तुत गरेका थिए । सम्मेलनको दोस्रो दिन विभिन्न स्थानबाट आएका सहभागी तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न प्राविधिक विधाका अनुसन्धानपत्रहरूको मौखिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्यानल छलफलका क्रममा सञ्जय थापाले नेपालगन्जलाई सूचना प्रविधिसँग जोड्न सीमापारको सम्बन्ध उपयोगी सुरुआत हुनसक्ने उल्लेख गर्दै उत्तर प्रदेश र बिहारका विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए । उनले समाजमा अझै पनि सूचना प्रविधिको महत्वबारे थप बुझाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

लुम्बिनी प्रदेशको गौरवको योजनाका रूपमा बाँकेमा सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्नो तीनवर्षे यात्रामै सिम्पोजियम, अन्तरराष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गर्दै आफूलाई स्थापित गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १० : ०४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी