२९ भदौ २०८३, सोमबार | September 14, 2026

कांग्रेसको पाँच मिनेट मौनधारणप्रति सभामुखको आपत्ति, ‘सभामाथिको अपमान’ भएको टिप्पणी



काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसले सहिदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गरेपछि सभामुख डीपी अर्यालले त्यसप्रति आपत्ति जनाएका छन्।

बैठकका क्रममा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको सम्मानमा समय मागेपछि विपक्षी सांसदहरूले पाँच मिनेट मौनधारण गरेका थिए। मौनधारण सम्पन्न भएलगत्तै सभामुख अर्यालले प्रतिपक्षी बेन्चले अपनाएको तरिकाले संसदको गरिमा र सभामुखको अधिकारक्षेत्रमाथि प्रश्न उठाएको टिप्पणी गरे।

सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने अधिकार सभामुखमा निहित रहेको उल्लेख गर्दै सांसदहरूले आफ्नै निर्णयअनुसार समय निर्धारण गरेर कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नभएको बताए।

‘सदस्यहरूले आफ्नै विवेक प्रयोग गरेर सभा सञ्चालन गर्ने गरी आफैँ समय तोकेर जुन किसिमको प्रयास गर्नुभयो, त्यो सभामाथिको अपमान भएको देखिन्छ,’ सभामुख अर्यालले भने, ‘आगामी दिनमा यस्ता विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले सहिदहरूप्रति सम्मान व्यक्त गर्नु सबै सांसदहरूको साझा दायित्व भएको उल्लेख गर्दै प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेका बेला संसदीय मर्यादा र प्रक्रियालाई पनि उत्तिकै महत्व दिनुपर्ने बताए।

सभामुखको उक्त टिप्पणीपछि संसदमा केहीबेर राजनीतिक दलहरूबीच संसदीय प्रक्रिया र अधिकारसम्बन्धी विषयमा बहससमेत भएको थियो।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १ : ५३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ