१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

अमेरिकी आक्रमणपछि इरानद्वारा होर्मुज जलमार्ग बन्द, विश्व बजारमा चिन्ता



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानमाथि हवाई आक्रमण भएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ । पछिल्लो घटनाक्रमबीच इरानले विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने होर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको छ ।

अमेरिकी सेनाले इरानको निरन्तर आक्रामक गतिविधिको जवाफस्वरूप हवाई आक्रमण गरिएको जनाएको छ । आक्रमणपछि इरानका विभिन्न तटीय क्षेत्रमा विस्फोट भएका समाचार सार्वजनिक भएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार क्युसिम टापु, बन्दर अब्बास, सिरिक तथा करगान क्षेत्रमा विस्फोट र बमबारी भएका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकामाथि विगतका सहमति र युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै अर्को सूचना जारी नभएसम्म होर्मुज जलमार्ग बन्द रहने जनाएको छ । यस निर्णयसँगै तेल ट्यांकर तथा व्यापारिक जहाजहरूको आवतजावत प्रभावित हुने अनुमान गरिएको छ ।

होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिन्छ । विश्वका ठूलो परिमाणका कच्चा तेल तथा ग्यास यही मार्ग हुँदै निर्यात हुने भएकाले यसको बन्दले अन्तर्राष्ट्रिय बजारमा असर पर्ने विश्लेषण गरिएको छ ।

पछिल्लो तनाव अमेरिकी ‘अपाचे’ हेलिकोप्टर खसालिएको घटनापछि थप बढेको हो । त्यसपछि दुवै देशबीच आरोप-प्रत्यारोप र सैन्य गतिविधि तीव्र बनेका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले इरानविरुद्ध आवश्यक परे थप कडा कदम चाल्ने चेतावनी दिएका थिए । उनले इरानसँगको सम्भावित सम्झौता प्रक्रियामा पनि असन्तुष्टि व्यक्त गरेका थिए ।

यता इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी अभिव्यक्तिको आलोचना गर्दै पूर्वाधार र नागरिक जीवनसँग सम्बन्धित संरचनामाथि आक्रमणको धम्की दिनु शक्ति प्रदर्शन नभई निराशाको संकेत भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिका र इरानबीचको बढ्दो तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्नुका साथै विश्व ऊर्जा बजार, समुद्री व्यापार र अन्तर्राष्ट्रिय कूटनीतिमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ७ : ४२ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा