२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै



काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज रातिबाट सुरु हुँदैछ । इतिहासमै पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उद्घाटन नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन तीनै आयोजक राष्ट्रमा विशेष समारोहसहित गरिनेछ । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै उद्घाटन कार्यक्रम आयोजना हुनेछन् । उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

यस संस्करणमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसअघि विश्वकपमा ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था थियो । टोली संख्या बढेसँगै खेलको संख्या पनि वृद्धि भएको छ। अब प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन् भने फाइनल खेल जुलाई १९ मा न्युयोर्कमा हुनेछ ।

पाँच पटकको विश्व विजेता ब्राजिल लगातार २३ औँ पटक विश्वकप खेल्दैछ । साबिक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स र ब्राजिललाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

यसपटक उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डनले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदै छन् । कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा पनि विश्वकप इतिहासको पहिलो जितको खोजीमा रहनेछन् ।

विश्व फुटबलका चर्चित खेलाडीहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेयमार, केलियन एम्बाप्पे र लामिन यमललगायतका स्टार खेलाडीहरू यस प्रतियोगिताको मुख्य आकर्षण रहनेछन् ।

विश्वभरका करोडौं फुटबल समर्थकको नजर अब आगामी एक महिनाभन्दा बढी समयसम्म विश्वकपको रोमाञ्चक प्रतिस्पर्धामा केन्द्रित हुने भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ८ : ४९ बजे

२ अर्व होइन, २ रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट

भागबन्डा होइन, निष्पक्ष महाधिवेशनको ग्यारेन्टी चाहिन्छ : कांग्रेस इतर समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र बृहत्तर एकता कायम

सभामुखमाथि हर्क साम्पाङको आक्रोश – ‘संसदीय अभ्यासमा कलंक पोतियो’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन्

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को