१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार



नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की दिएपछि सुस्ताबासीले भारतीय अर्धसैनिक बल सशस्त्र सीमा बल (एसएसबी)को टोलीलाई सीमा कटाएका छन् ।

नारायणी नदीले सीमास्तम्भ कटान गरेपछि कृतिम सीमानाका मानिएको सिमलको रुख भन्दा झण्डै १ किलोमिटर वर नेपाली भूमीमा एसएसबीको गस्ती आएपछि सुस्ताबासीले प्रतिकार गरेको सुस्ता बचाउ अभियानका अभियन्ता योगेन्द्र गौतमले बताए । नेपाली भूमीमा हातहतियार सहित प्रवेश गरेका एसएसबीका जवानहरुलाई नेपाली भूमीमा प्रवेशको बारेमा प्रश्न गर्दा बन्दुक ताकेपछि स्थानीयबासीले प्रतिकार गरेको गौतमले बताए ।

उनले सीमानाका मानिएको सिमलको रुख भन्दा १ कलिोमिटर नेपाल तर्फ नियमित गस्ती गर्नेगरि भारतीय सुरक्षा बलले तयारी गरेपछि सुस्ताबासीले प्रतिरोध गरेको बताए ।

यता लुम्बिनी प्रदेश प्रहरी कार्यालयले स्थानीयबासीसँग विवाद नभएको जनाउँदै एसएसबीको गस्तीका क्रममा नेपाली भूमी भएर पुनः भारत तर्फ प्रस्थान गरेको जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले एसएसबीको गस्तीको क्रममा नेपाली भूमी हुँदै पुनः भारत फर्केको स्वीकार गरे । उनले स्थानीयसँगको विवाद बारे कुनै जानकारी नआएको बताए । ‘सामाजिक सञ्जालमा आएका फोटो एआई होला, कुनै विवाद भनाभन भएको होईन ।’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(सुस्तापश्चिम)ले पनि नेपाली भूमीमा एसएसबीको गस्ती हिँडेको स्वीकार गरेको छ । एउटा पोस्टबाट अर्को पोस्टमा जाने क्रममा नेपाली भूमी प्रयोग भएको नवलपरासी(सुस्तापश्चिम) प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन थापाले बताए । नेपाली भूमी भएर भारत कै अर्को पोस्टमा जाने क्रममा नेपालको भूमी प्रयोग भएपछि खेतमा काम गरिरहेका स्थानीयले बिरोध जनाएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  २ : ०९ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने