२७ भदौ २०८३, शनिबार | September 12, 2026

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज गर्ने अध्यादेशको व्यवस्था तत्काल कार्यान्वयन नगर्न माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अव्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्दै अध्यादेश कार्यान्वयनमा रोक लगाउन नपर्ने निष्कर्ष निकालेको हो।

निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालले संविधानले प्रत्याभूत गरेको ट्रेड युनियन स्थापना, सहभागिता तथा सामूहिक सौदाबाजीको अधिकार अध्यादेशमार्फत सीमित गरिएको भन्दै गत वैशाख २५ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्।

सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले वैशाख २८ गते केही नेपाल ऐन संशोधन अध्यादेशको दफा १० तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा शुक्रबार संवैधानिक इजलासमा सरकार र रिट निवेदक पक्षबीच बहस भएको थियो। दुवै पक्षको तर्क सुनेपछि इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो।

यसअघि तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले मुद्दाको थप सुनुवाइबाट स्पष्ट निष्कर्ष ननिस्केसम्म अध्यादेशको उक्त व्यवस्था कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चको पछिल्लो निर्णयसँगै निजामती सेवामा दलीय ट्रेड युनियनसम्बन्धी अध्यादेशको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ४ : २९ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक