२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

सार्वजनिक सुरक्षाका लागि लुम्बिनी प्रहरीको नयाँ पहल, तीन दिने विशेष कार्यक्रम घोषणा



बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ‘Hack4Safety’ ह्याकाथन, बुद्ध जन्मस्थल लुम्बिनीमा ‘Peace Walk’ तथा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘Community Awareness Program’ आयोजना गरिनेछ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) भूपेन्द्रबहादुर खत्रीले प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा चुनौतीहरू पनि जटिल बन्दै गएको उल्लेख गर्दै ह्याकाथनमार्फत युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्तालाई सार्वजनिक सुरक्षा र साइबर अपराध नियन्त्रणमा नवीन समाधान खोज्न प्रोत्साहित गरिने बताए । उनका अनुसार कार्यक्रमले प्रहरी सेवामा प्रविधिमार्फत योगदान पुर्‍याउने अवसर सिर्जना गर्नेछ ।

लुम्बिनीमा आयोजना हुने शान्ति पदयात्रामार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरिनेछ । कार्यक्रममा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न सरोकारवालाको सहभागिता रहने जनाइएको छ । समाजमा शान्ति कायम राख्ने जिम्मेवारी प्रहरी मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व रहेको सन्देश कार्यक्रमले दिने प्रहरीको अपेक्षा छ ।

यस्तै, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने जनचेतना कार्यक्रममा साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण तथा डिजिटल सुरक्षाजस्ता समसामयिक विषयमा सचेतना फैलाइनेछ । कार्यक्रममा युवा, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गरिनेछ ।

डिआइजी खत्रीका अनुसार तीनवटै कार्यक्रमको मूल उद्देश्य सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाज निर्माण गर्नु हो । प्रविधि, शान्ति, सामाजिक सद्भाव र नागरिक सहभागितालाई जोड्दै सार्वजनिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई नयाँ ढंगले अघि बढाउने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको उनले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ८ : ०८ बजे

सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन

सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना

नेपालगन्ज । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना

विपद्लाई राजनीतिकरण गर्नुहुँदैन : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण

महसुल उठाउने नाममा उद्योगीलाई दबाब नदिन औद्योगिक क्षेत्र उद्योग महासङ्घको आग्रह

काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार