काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ। क्यानडामा सम्पन्न खेलमा अस्ट्रेलियाले दुवै गोल फरक–फरक हाफमा गरेको थियो।
अस्ट्रेलियाका लागि नेस्त्री इरानकुन्डाले २७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्दै आफ्नो जित सुनिश्चित गर्यो।
कोनोर मेटक्याफले दोस्रो हाफमा गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि टर्किए खेलमा फर्किन नसक्दा अस्ट्रेलिया सहज जित निकाल्न सफल भयो।
यसअघि भएका अन्य खेलहरूमा कतार र स्वीट्जरल्यान्डले १–१ को बराबरी खेल्दै अंक बाँडे। त्यस्तै, ब्राजिल र मोरक्कोबीचको प्रतिस्पर्धा पनि १–१ को बराबरीमा टुंगिएको थियो।
अर्को खेलमा स्कटल्याण्डले हाइटीलाई पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ।



















प्रतिक्रिया