१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु



नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग अन्तर्गत गुलरिया नगरपालिका–११ लालपुरमा बिहान पैदल हिँडिरहेका सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेल, सशस्त्र प्रहरी जवान दीपककुमार जंग शाह र एउटा भैंसी समेतलाई तीब्र गतिको ट्रकले आज बिहान सवा ५ बजेतिर ठक्कर दिएकोमा कंडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना लगत्तै उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउँदा चिकित्सकले आज बिहान साढे ५ बजेतिर उनलाई मृत घोषणा गरेका थिए ।

बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ बर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार कँडेलको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

बर्दिया प्रहरी प्रबक्ता डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परी बाँसगढी नगरपालिका–८ ककौराका ३५ बर्षीय सशस्त्र प्रहरी जवान शाह घाइते छन् । उनको अवस्था मध्यम रहेको छ । जिल्लामा प्रारम्भिक उपचार पश्चात शाहलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको डीएसपी बोहराले बताए । उक्त दुर्घटनामा परी एउटा भैंसी पनि मरेको छ ।

मृतक कँडेल र घाइते शाह दुवै जना फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत थिए । घाइते ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५, समरी हेटौंडाका ४० बर्षीय निरन्जन दर्जीको जिल्ला अस्पताल बर्दिया गुलरियामा उपचार भइरहेको छ ।

बिहानै अवैध रूपमा भारततर्फ लैजान लागिएका दु्ई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि ती भैंसी र पाडोलाई पैदलमार्ग हुँदै भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  १० : ३७ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा