१ असार २०८३, सोमबार | June 15, 2026

अमद डियालोको अन्तिम मिनेटको गोलमा आइभोरी कोस्टको विजयी सुरुआत



काठमाडौं । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमद डियालोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकप फुटबल २०२६ मा इक्वेडरमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

समूह ‘ई’ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टले बलियो प्रतिद्वन्द्वी इक्वेडरलाई पराजित गर्दै विश्वकप अभियानको सुखद सुरुआत गरेको हो ।

यो हारसँगै इक्वेडरको लगातार १९ खेलसम्म कायम रहेको अपराजित यात्रा पनि समाप्त भएको छ । यता, १२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको अफ्रिकी राष्ट्र आइभोरी कोस्टका लागि यो जित ऐतिहासिक बनेको छ ।

खेलको ९० औँ मिनेटमा अमद डियालोले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । म्यानचेस्टर युनाइटेडका विंगर डियालोले वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेर टोलीको जित सुनिश्चित गरेका हुन् ।

यससँगै सन् २००६ यता विश्वकप इतिहासमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरी खेलको अन्तिम समयमा विजयी गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि अमदले बनाएका छन् ।

खेलको अन्तिम समयमा इक्वेडरले बराबरी गोलको प्रयास गरे पनि आइभोरी कोस्टको रक्षापंक्तिले खतरा टार्न सफल भयो । अन्तिम आक्रमण विफल भएपछि रेफ्रीले खेल समाप्तिको सिट्टी बजाएका थिए ।

यस जितसँगै आइभोरी कोस्टले समूह ‘ई’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने इक्वेडरले अप्रत्याशित हारसँगै प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : २८ बजे

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

विश्वकप फटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा