९ कार्तिक २०८३, सोमबार | October 27, 2026

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित



काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।

मेसीले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ६०औँ मिनेटमा दोस्रो तथा खेलको ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जितसँगै समूह ‘जे’मा रहेको अर्जेन्टिनाले तीन अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : ५२ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता