३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कोरोनाको ऐतिहासिक उछाल; एकैदिन थपिए ३ हजार ४३९ संक्रमित, सक्रिय संक्रमित २५ हजार नाघे



काठमाडौं । बुधबार कोरोना भाइरसका थप ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् ।

१४ हजार २०९ पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

बुधबार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन् भने होम आइसोलेसनमा जना रहेका छन् ।

सरकारले देशभर सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेको जनाएको छ । विशेषगरी काठमाडौं उपत्यकाका अस्पतालहरुमा आइसोलेसन बेडको अभाव भएको भन्दै कोरोनाबाट आफु बच्न र अरुलाई पनि बचाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यसअघि मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले २५ हजार सक्रिय संक्रमित नाघे अस्पतालहरुले धान्न मुस्किल पर्ने भन्दै लकडाउन लगाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

पछिल्लो २४ घण्टामा ११ सय २६ जना मात्र संक्रमित कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : २५ बजे

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका