९ असार २०८३, मंगलबार | June 23, 2026

एमबाप्पेको दुई गोलमा इराक पराजित, फ्रान्स नकआउट चरणमा



काठमाडौं । खराब मौसमका कारण साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गरेको फ्रान्सले समूह चरणबाटै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

फ्रान्सको जितमा कप्तान केलियन एमबाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक गोल थपे । खेलको १४ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। आफ्नो राष्ट्रिय टोलीका लागि १०० औँ खेल खेलिरहेका एमबाप्पेका लागि यो गोल विशेष रह्यो ।

पहिलो हाफ समाप्त भएपछि खराब मौसमका कारण खेल करिब दुई घण्टासम्म स्थगित गरिएको थियो। मौसममा सुधार आएपछि दोस्रो हाफ पुनः सुरु भएको थियो ।

खेल पुनः सुरु भएपछि पनि फ्रान्सले आफ्नो दबाब कायम राख्यो । ५४ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ६६ औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे । डेम्बेलेको कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो गोल हो ।

यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो । लगातार दुई जितसँगै फ्रान्सले नकआउट चरणमा स्थान सुरक्षित गर्दा इराक भने लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ४१ बजे

नगरकोटमा झैझगडाका क्रममा चक्कु प्रहार, एक युवकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा

मनसुन विस्तारसँगै अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही ठाउँमा तातो लहर कायम

काठमाडौं । देशभर मनसुन विस्तार हुने क्रम जारी रहेसँगै अधिकांश