१३ भदौ २०८३, शनिबार | August 29, 2026

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) लाई १-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जित दिलाउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औँ मिनेटमा मुनोजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयमा डीआर कंगोले बराबरी गोलका लागि दबाब बढाए पनि कोलम्बियाको सुदृढ रक्षापङ्क्ति पार गर्न सकेन । यता, खेलको अन्त्यतिर कोलम्बियाले थप दुई गोल गरे पनि दुवै अफसाइडका कारण मान्यता पाएनन् ।

यो जितसँगै लगातार दोस्रो सफलता हासिल गरेको कोलम्बियाले दुई खेलबाट ६ अंक जोड्दै एक खेल बाँकी रहँदै समूहबाट नकआउट चरणमा प्रवेश गरेको छ ।

यसअघि पहिलो खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । समूह ‘के’ मा पोर्चुगलको ४ अंक, डीआर कंगोको १ अंक रहेको छ भने उज्बेकिस्तान अझै अंकविहीन छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ११ : ५१ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण