१३ भदौ २०८३, शनिबार | August 29, 2026

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता



काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ । अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो ।

फ्रान्सको लगातार यो तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३-१ र इराकलाई ३-० ले पराजित गरेको थियो । अठाइस वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

खेलमा डेम्बेलेले खेलको पहिलो हाफको ३२ औँ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २० औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

खेलको २१ औँ मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर खेलको ३२ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए ।

खेलको ५० औँ मिनेटमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुके सकेनन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले गोल गरेपछी फ्रान्सले नर्बेमाथी ४-१ को जित निकाल्यो ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ७ : ३५ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक