१३ भदौ २०८३, शनिबार | August 29, 2026

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त



काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै ऐतिहासिक रूपमा नकआउट चरण (अन्तिम ३२) मा स्थान सुरक्षित गरेको छ । कङ्गोको यो जितसँगै दक्षिण कोरियाको विश्वकप यात्रा भने समूह चरणमै टुंगिएको छ ।

खेलमा सुरुआती अग्रता उज्वेकिस्तानले लिए पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै कङ्गोले तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। कङ्गोका लागि योएन विसाले उत्कृष्ट प्रदर्शन गर्दै जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

यो जितसँगै डीआर कङ्गो उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीहरूमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । कङ्गोको सफलतासँगै दक्षिण कोरियाको अघिल्लो चरण पुग्ने गणितीय सम्भावना पनि समाप्त भएको छ ।

ऐतिहासिक उपलब्धि हासिल गरेको कङ्गोले अब अन्तिम ३२ को खेलमा समूह ‘एल’ को विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डका लागि पनि कङ्गो बलियो चुनौतीका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ३६ बजे

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ