१४ असार २०८३, आइतबार | June 28, 2026

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने बताएकी छन् ।

आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्दा मुलुकको विविध सामाजिक र राजनीतिक संरचनालाई विशेष ध्यान दिनुपर्ने धारणा राखिन् ।

भण्डारीले नेपालको जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा विविधतायुक्त मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताइन् ।

“संविधान संशोधनको सन्दर्भमा बेला-बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणाली हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ,” उनले भनिन् ।

उनले आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीप्रति आफ्नो विश्वास रहेको उल्लेख गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउँदै अघि बढाउनुपर्नेमा पनि जोड दिइन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ५५ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)