१९ असार २०८३, शुक्रबार | July 3, 2026

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा



काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार हेडरको मद्दतमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियालाई ३-० ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको लस एन्जलसमा बिहीबार भएको राउन्ड अफ ३२ को खेलमा स्पेनले सुरुदेखि नै बलमाथि नियन्त्रण कायम राख्दै अस्ट्रियामाथि दबाब बनाएको थियो । यो जितसँगै स्पेनले अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियामध्ये एकसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

हलिउड स्टार पेनेलोपे क्रुज, हाभियर बार्डेम र चर्चित गायिका रोसालियाको उपस्थितिमा सम्पन्न खेलमा स्पेनले आक्रामक सुरुआत गरेको थियो । पहिलो हाफमा लामिन यामालको कर्नरमा मार्क कुकुरेलाले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले पाउ कुबार्सीले अस्ट्रियाका गोलकिपरलाई अवरोध गरेको ठहर गर्दै गोललाई मान्यता दिएन । त्यसपछि अस्ट्रियाका गोलकिपर अलेक्ज्याण्डर श्लागरले ओयार्जाबालको उत्कृष्ट प्रहारलाई बचाउँदै टोलीलाई थप संकटबाट जोगाएका थिए ।

स्पेनले भने खेलको ३६ औँ मिनेटमा अग्रता बनायो । पेड्रीको पासमा मार्क कुकुरेलाले दिएको सटीक क्रसलाई मिकेल ओयार्जाबालले सहजै गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।

दोस्रो हाफमा अस्ट्रियाले सासा कालाज्दिच र मार्को अर्नाउटोभिचलाई मैदानमा उतार्दै खेलमा फर्कने प्रयास गरे पनि स्पेनको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन । खेलको ६६ औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । यो पोरोको अन्तर्राष्ट्रिय करियरको पहिलो गोल पनि हो ।

खेलको अन्तिमतिर स्पेनले आकर्षक छोटो पासको खेल प्रदर्शन गर्दा दर्शकदीर्घाबाट ‘ओले… ओले…’ को नारा गुञ्जिएको थियो । खेलको ८९ औँ मिनेटमा कुकुरेलाकै अर्को पासलाई सदुपयोग गर्दै ओयार्जाबालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि स्पेनले ३-० को प्रभावशाली जित सुनिश्चित गर्‍यो ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ७ : ३६ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२