५ भदौ २०८३, शुक्रबार | August 21, 2026

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक



नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहारमार्फत समाजमा पुनःस्थापित गर्न आग्रह गरिएको छ ।

जयेन्दु बालसुधार गृह, बाँकेको व्यवस्थापन सुधारोन्मुख देखिएको तर बालन्यायको मर्मअनुरुप सञ्चालनमा नआएको बताइएको छ ।

नेपाल बालकल्याण संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता धर्मबहादुर खड्का, उपाध्यक्ष दिलीप मल्लिक, पूर्वअध्यक्ष तथा एडभोकेसी फोरम नेपालका उपाध्यक्ष वरिष्ठ अधिवक्ता शिवकुमार गौडेल, पत्रकार माधव ढुङ्गाना र दीपक श्रेष्ठसहितको टोलीमा एडभोकेसी फोरम नेपाल, लुम्बिनी प्रदेशका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले छलफल गरी उक्त निष्कर्ष निकालेका थिए ।

नेपालगन्ज् उच्च अदालतको परमादेश अनुरुप विद्यालय सञ्चालन नभएको, पर्याप्त सीपमूलक तथा आयमूलक कार्यक्रमको अभाव, पुस्तकालयको सीमितता, खेलकुद सामग्रीको कमि तथा सरकारले उपलब्ध गराउँदै आएको प्रतिदिन ७५० ग्राम चामल र प्रतिव्यक्ति ८० रुपैयाँ खर्च बालकहरूको उमेर र पोषण आवश्यकता अनुसार पर्याप्त नभएको उनीहरुले जानकारी दिएका छन् ।

विसं २०८३ असार २१ गतेसम्म सुधार गृहमा स्वदेशी र विदेशी गरी १८२ जना कानुनी विवादमा परेका बालक रहेका छन् । सुधार गृहका अनुसार स्वदेशीतर्फ फैसला नभएका (थुनुवा) ८८ जना र फैसला भइसकेका ९२ जना छन् । विदेशीतर्फ फैसला नभएका एक जना र फैसला भइसकेका एक जना गरी दुई जना छन् ।

उमेर समूहका आधारमा फैसला नभएका थुनुवामध्ये १८ वर्षभन्दा माथिका ८९ जना र १८ वर्षभन्दा मुनिका ८३ जना रहेका छन् । फैसला भइसकेकामध्ये १८ वर्षभन्दा माथिका ९९ जना रहेको सुधार गृहले जनाएको छ । रासस

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ३५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको