५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ललितपुर माहाङ्काल गाउँपालिका-३ घर भएका २९ वर्षीय राजकुमार परियार, ललितपुर बाग्मती गाउँपालिका-५ घर भएका २४ वर्षीय सविन भुलन, ललितपुर महानगरपालिका-५ चापागाउँ बस्ने माहाङ्काल गाउँपालिका-५ घर भएका ३३ वर्षीय ईन्द्र बहादुर वाईबा, ललितपुर माहाङ्काल गाउँपालिका-५ बस्ने काभ्रेपलाञ्चोक बेथानचौर गाउँपालिका-२ घर भएका २४ वर्षीय अनिल योञ्जन र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २९ वर्षीय पञ्चलाल ब्लोन रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमार र सविनलाई काठमाडौं कालिमाटीबाट शुक्रबार तथा ईन्द्र बहादुरलाई ललितपुर महानगरपालिका-५ बाट, अनिललाई ललितपुर माहाङ्काल गाउँपालिका-५ र पञ्चलाललाई काठमाडौं कलंकीबाट आइतबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ४ थान मोटरसाइकल बरामद गरेको  छ ।

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १२ : ३३ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११