९ भदौ २०८३, मंगलबार | August 25, 2026

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ललितपुर माहाङ्काल गाउँपालिका-३ घर भएका २९ वर्षीय राजकुमार परियार, ललितपुर बाग्मती गाउँपालिका-५ घर भएका २४ वर्षीय सविन भुलन, ललितपुर महानगरपालिका-५ चापागाउँ बस्ने माहाङ्काल गाउँपालिका-५ घर भएका ३३ वर्षीय ईन्द्र बहादुर वाईबा, ललितपुर माहाङ्काल गाउँपालिका-५ बस्ने काभ्रेपलाञ्चोक बेथानचौर गाउँपालिका-२ घर भएका २४ वर्षीय अनिल योञ्जन र काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २९ वर्षीय पञ्चलाल ब्लोन रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमार र सविनलाई काठमाडौं कालिमाटीबाट शुक्रबार तथा ईन्द्र बहादुरलाई ललितपुर महानगरपालिका-५ बाट, अनिललाई ललितपुर माहाङ्काल गाउँपालिका-५ र पञ्चलाललाई काठमाडौं कलंकीबाट आइतबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ४ थान मोटरसाइकल बरामद गरेको  छ ।

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १२ : ३३ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन