१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि



चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जना नवलपरासी र मकवानपुरका छन । नवलपरासी गैँडाकोट-१२ की २३ वर्षीया एक महिला र कावासोती-१७ का २५ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुर हेटौँडा-४ का ५० वर्षीय पुरूषमा पनि संक्रमण भएको छ । भरतपुर अस्पतालले बिहीबार गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ८ पुरूष र ३ वर्षीया बालिकासहित ७ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तिका ३ पुरूष र ३ महिला, खैरहनीका १ पुरूष र १ महिला, र रत्ननगरका ४ पुरूषमा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : ५२ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि