९ भदौ २०८३, मंगलबार | August 25, 2026

प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक पेश हुँदै



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्नेकार्यसूची रहेको छ ।

यसैगरी मन्त्री गौतमले ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौँ वार्षिक प्रतिवेदन २०८१/०८२’ पेस गर्नेछिन्। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।

मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ११ : ५१ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन