११ भदौ २०८३, बिहिबार | August 27, 2026

गणेश नेपालीको मृत्युपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार



काठमाडौं । त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।

मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए । गम्भीर जलन भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ बजेर २० मिनेटमा निधन भएको हो ।

नेपालीको मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरूले घटनाका दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । एक आफन्तले “न्याय नपाए शव बुझ्दैनौँ, आन्दोलनमा जान्छौँ” भन्दै सरकारसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

आफन्तहरूले गणेशमाथि अन्याय भएको दाबी गर्दै घटनामा संलग्न पक्षको जिम्मेवारी निर्धारण हुनुपर्ने बताएका छन् । उनीहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति र राज्यबाट सहयोगको व्यवस्था गर्न पनि माग गरेका छन् ।

अर्का आफन्त चन्द्रबहादुर शाहीका अनुसार गणेश नेपाली तीन-चार वर्षअघि रोजगारीको खोजीमा काठमाडौं आएका थिए । उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ सेवामार्फत जीविकोपार्जन गर्दै आएका थिए ।

शाहीका अनुसार बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल पार्क गरेको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनीमाथि १० हजार रुपैयाँ जरिवानाको चिट काटेको थियो । घटनापछि आक्रोशित बनेका आफन्तहरूले नगर प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाउँदै घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

घटनापछि वीर अस्पताल परिसरमा आफन्त र शुभेच्छुकहरूको भीड लागेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : ०१ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट