२६ असार २०८३, शुक्रबार | July 10, 2026

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले अब मौनता तोड्नुपर्ने जनाएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपालीले त्रिपुरेश्वरमा आत्मदाह गर्दा राज्यले देखाएको व्यवहार अमानवीय भएको आरोप लगाइन्। उनले घटनाका बेला उद्धारमा प्राथमिकता दिनुपर्ने राज्यले एम्बुलेन्स पठाउनुको सट्टा प्रहरीमार्फत अपराधीझैँ घिसारेर लगाएको भन्दै सरकारको आलोचना गरिन्।

उनले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै २०७९ माघ १० गते संसद् भवनअगाडि प्रेम आचार्यले आत्मदाह गर्दा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयरका रूपमा सामाजिक सञ्जालमार्फत उठाएका प्रश्नहरू सम्झाइन्।

“त्यतिबेला राज्यको असफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज स्वयं सरकारको नेतृत्वमा हुनुहुन्छ। हिजोको घटनामा तपाईं किन मौन हुनुहुन्छ ? विपक्षमा हुँदा राज्यलाई प्रश्न गर्ने तपाईं आज त्यही प्रश्नको जवाफ दिन किन तयार हुनुहुन्न ?” थापाले संसद्मा प्रश्न गरिन्।

प्रधानमन्त्री शाहलाई लक्षित गर्दै उनले अब जनताको पीडाप्रति संवेदनशील बन्न आग्रह गर्दै भनिन्, “प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो ? अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो रङ पोतेर मात्र नागरिकले सुरक्षा महसुस गर्दैनन्।”

थापाले गणेश नेपालीको घटनालाई राज्यको मानवीय संवेदनशीलताको गम्भीर परीक्षा भएको बताउँदै शरीरमा आगो सल्किरहेका बेला तत्काल उद्धारको व्यवस्था हुनुपर्नेमा त्यसो नभएको टिप्पणी गरिन्।

“यो उद्धार हो कि गिरफ्तारी ? ऊ देशद्रोही थियो ? उसले कसको विरुद्ध के अपराध गरेको थियो रु उसको गल्ती यही हो कि यो देशमा जन्मियो वा यही देशमा केही गर्न खोज्यो ?” भन्दै उनले सरकारसँग जवाफ मागिन्।

थापाले वर्तमान सरकार जनताको जीवन रक्षा गर्नुभन्दा सामाजिक सञ्जालमा लोकप्रियता बटुल्नतर्फ बढी केन्द्रित भएको आरोप पनि लगाइन्। “सरकार जनताको ज्यान जोगाउनेभन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बढाउने ध्याउन्नमा देखिएको छ,” उनले भनिन्।

उनले पछिल्ला घटनाहरू स्मरण गराउँदै सुकुमवासी बस्ती हटाउने क्रममा १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले ज्यान गुमाएको तथा हालै धोबीखोलामा एक व्यक्तिले हाम फालेर मृत्यु भएको घटनासमेत उल्लेख गरिन्।

गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर संसद्मा कांग्रेसले सरकारको कार्यशैली, उद्धार प्रणाली र मानवीय संवेदनशीलतामाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष अनुसन्धान तथा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : ५४ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा