५ श्रावण २०८३, मंगलबार | July 21, 2026

अशोक लेलैण्डका गाडी किन्दा माछापुच्छ्रे बैंकले दिन्छ सहजै कर्जा



काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच गाडी किन्ने ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदानसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो ।

बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका म्यकत mयमभकिा सम्पूर्ण सवारी साधनखरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिसतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्ष सम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गरिने भएको छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका अन्य सवारी साधनमा पनि माछापुच्छ्रे बैंकले कर्जा प्रवाह गर्ने भएको छ ।

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । दुई कम्पनीबीच कर्जा सुविधा मात्र नभई संयुक्त रुपमा Brand Awareness का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउने कुरामा पनि सम्झौता भएको छ ।

LCV Segment अन्तर्गत Dost model (Pick up, Container, Refrigeration Van) का सवारी साधनहरु विभिन्न application जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथामहिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ३ : ४८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं