२० भदौ २०८३, शनिबार | September 5, 2026

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए



काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका लागि उपस्थित भएका छन् ।

मंगलबारको बैठकमा प्रधानमन्त्री शाह आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रवेश गरेका थिए ।

तर, संसद बैठक चलिरहेकै बेला उनीहरू सभामुखको आसन र बोलिरहेका सांसदबीचको स्थानबाट प्रवेश गरेपछि नेकपा (एमाले)ले नियम उल्लंघन भएको भन्दै नियमापत्ति जनाएको छ । एमाले सचेतक ऐनबहादुर महरले संसदको मर्यादा र नियमावलीको उल्लंघन भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री संसदमा करिब २० मिनेटसम्म बसेपछि बैठक छाडेर बाहिरिएका छन् । सदनमा प्रवेश गर्नुअघि प्रधानमन्त्रीले सभामुखसँग करिब पाँच मिनेट छलफल गरेका थिए।

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसदमा अनिवार्य उपस्थित हुनुपर्ने, सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिनुपर्ने तथा संसदप्रति सरकार जिम्मेवार बन्नुपर्ने माग दोहोर्‍याउँदै आएका छन्।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : २९ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार