३१ असार २०८३, बुधबार | July 15, 2026

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत



सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले बुधबार सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले बुझाएको राजीनामा स्वीकृत गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार राजीनामा स्वीकृत भएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। कांग्रेसको भागमा रहेका चारवटै मन्त्रालयको जिम्मेवारी हालका लागि मुख्यमन्त्री कँडेलले आफैंले सम्हाल्ने निर्णय गरेका छन्।

कांग्रेसका मन्त्रीहरूको बहिर्गमनसँगै कर्णाली प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण र मन्त्रिपरिषद्को आगामी स्वरूपबारे चासो बढेको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : १० बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत