३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

दाङबाट उपचार गर्न नेपालगन्ज पुगेका १५ वर्षिय कोरोना संक्रमित किशोरको मृत्यु, रुपन्देहीमा पनि थप १ जनाको मृत्यु



बुटवल । दाङको घोराहीबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएका १५ वर्षिय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत किशोरको उपचारका क्रममा शुक्रबार राती ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले पुष्टि गरेका छन् ।

मृतक किशोरमा गत १९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा प्लाज्मा थेरापी सहित सबै उपचारका बिधि अपनाउंदा पनि बचाउन नसकिएको मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यता रुपन्देहीमा पनि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालमा उपचारत सुद्धोधन गाँउपालिका ६ का ५७ वर्षिय पुरुषको शुक्रबार ४ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएर गत असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भए पछि कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो । उपचारकाका सबै उपाय अपनाउंदा पनि उनलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । गौतमका अनुसार मृतकले लामो समय देखि क्षेयरोगको औषधी सेवन गरिरहेका थिए ।

आज मृत्यु भएसंगै रुपन्देहीमा मृतकको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ५३ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम