२५ भदौ २०८३, बिहिबार | September 10, 2026

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु



कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीया ज्योति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । आगलागीबाट गम्भीर घाइते भएका उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ।

चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिएको थियो ।

तर, आफन्तले उनलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा सोमबार बिहान करिब ७ बजे धादिङ पुगेपछि बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको शव कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ९ : ४६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी