१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

नेदरल्यान्डससँग नेपाल पराजित



काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।

नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई ५७ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो ।

नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन-काचेटले समान दुई-दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको थियो । नेदरल्यान्डका नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवड्र्सले ५७ रनको महत्वपूर्ण योगदान दिए ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक-एक विकेट लिए ।

नेपालको ब्याटिङ कमजोर देखिँदा विश्वकप लिग-२ मा महत्वपूर्ण अङ्क गुमाउन पुग्यो । विश्वकप क्रिकेट लिग २ को आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बन्यो । यसअघि नेपाल नेदरल्यान्डसँग छ विकेटले पराजित भएको थियो । त्यस्तै, नेपाल नामिबियासँग पहिलो खेलमा आठ विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो ।

यस जितसँगै ३१ खेलमा ३८ अङ्क बटुलेको नेदरल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । त्यस्तै, ३२ खेलमा २४ अङ्क जोडेको नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । ४३ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ७ : २२ बजे

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै