२८ भदौ २०८३, आइतबार | September 14, 2026

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालश्रम गराइएको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका तथा सिविन नेपाल बाल हेल्पलाइन १०९८ को संयुक्त टोलीले गरेको निरीक्षणका क्रममा राजु रेस्टुरेन्टमा एक जना र सुशान्त रेस्टुरेन्टमा दुई जना बालक श्रमिकका रूपमा कार्यरत रहेको फेला परेको थियो ।

उद्धार गरिएका तीनै बालकलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपत्कालीन आश्रयस्थलमा राखिएको थियो । आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको जनाइएको छ ।

बालश्रम प्रयोग गरेको कसुरमा दुवै रेस्टुरेन्टलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । साथै, श्रम ऐनअनुसार उनीहरूले काम गरेको अवधिको बाँकी पारिश्रमिक र क्षतिपूर्ति रकमसमेत भुक्तानी गराइएको छ ।

विभागका अनुसार राजु रेस्टुरेन्टमा कार्यरत बालकलाई ३ लाख ८४ हजार ३४९ रुपैयाँ, सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकलाई क्रमशः १ लाख ८७ हजार ४८६ रुपैयाँ र ४१ हजार ५३६ रुपैयाँ क्षतिपूर्ति तथा बाँकी पारिश्रमिक उपलब्ध गराइएको छ ।

अनुगमन टोलीले दुवै रेस्टुरेन्टका सञ्चालकलाई भविष्यमा बालश्रम प्रयोग नगर्न चेतावनी दिएको जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  १२ : २० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा