२९ भदौ २०८३, सोमबार | September 14, 2026

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने



नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा शनिबार सद्भाव र्याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।

सुनसरी, सिराहलगायत ठाउँमा भएका सद्भाव विरोधी गतिविधि बाँकेमा हुन नदिन तथा नागरिकबीच सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा सद्भाव र्याली निकाल्न थालिएको रास्वपा बाँकेका अध्यक्ष विवेककुमार श्रेष्ठले जानकारी दिए ।

भोली विहान ७ः३० बजे वीपीचोकदेखि धम्बोझीचोकसम्म र्याली निकाल्ने निर्णय गरिएको छ । बैठकले यसअघि गरिएको सार्वजनिकस्थलमा डिजे बजाउन र हतियार प्रदर्शन गर्न नदिने निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा पूर्वमन्त्री एवं सांसद मोहम्मद इस्तियाक राई, रास्वपाका जिल्ला अध्यक्ष विवेक श्रेष्ठ, काँग्रेसका बाँके जिल्ला सभापति नारायण गौडेल, एमालेका जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपाका जिल्ला संयोजक दिपक जिएम, प्रदेश सांसद मिना श्रेष्ठ, बागेश्वरी मन्दिरका मूलमहन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा, बौद्व गुरु गुणबहादुर लामा, इसाइ समाजका डम्बर थापा, सामाजिक अभियान्ताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  २ : ३८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ