काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजलरमट्टीतेलमा प्रतिलिटर ५ रूपैयाँले बढेको छ।
योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।
बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ। खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।


















प्रतिक्रिया