२९ असार २०८३, सोमबार | July 13, 2026

सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छ : मुख्यमन्त्री पौडेल



हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आइतबार हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सङ्घीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने बताएका हुन् ।

पौडेलले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्न र जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्न आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय निकायलले जोडदिपर्ने बताए । उनले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो सीमित स्रोत साधन परिचालन गर्ने उल्लेख गरे ।

त्यस अवसरमा प्रदेशसभाका सदस्यद्वय प्रेमबहादुर पुलामी र सन्तबहादुर प्रजाले विपन्न जनताको आयआर्जन हुने कार्यक्रम बनाउन जोड दिए। उनीहरुले पूर्वाधारका योजनालाई निश्चित समयमा सम्पन्न गर्नेतर्फ स्थानीय जनप्रतिनिधिको भूमिक सशक्त हुनुपर्ने बताए ।

जिसस प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीले योजनाको सफल कार्यान्वयनबाट मात्र जनताको समृद्धि हुने विचार व्यक्त गरे ।

राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले कोमिड–१९ सङ्क्रमणको जोखिमबाट जनतालाई जोगाउन स्थानीय जनप्रतिनिधि भूमिका अहं रहने बताए ।

सो अवसरमा कोरोना जोखिम हुन नदिन उल्लेखनीय योगदान वापत विभिन्न सङ्घसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रशंसापत्र पाउनेमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्य निरीक्षक भोला चौँलागाई, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठ, स्थानीय समाजसेवी नारायण थिङ, उद्यमी ऋषिराम घिमिरे, यातायात व्यवसायी बद्रीप्रसाद चौलागाईँ र श्री कृष्ण प्रणामी सेवा समितिको तर्फबाट केदार चौलागाईं लगायत थिए ।

समीक्षा बैठकमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहित आठ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १२ : २२ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको