११ आश्विन २०८३, आइतबार | September 27, 2026

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान



रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले आरोग्य अभियान थालिएको हो ।

निजी क्षेत्रको ट्रान्क्विलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग अभियानबारे छलफल गरेको छ । स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटनसम्बन्धी ‘प्याकेज’बारे जानकारी दिँदै योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस तथा अन्य आरोग्य सेवाका विशेषताबारे बताए ।

लुम्बिनी प्रदेश होटल एसोसिएसन अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अब आरोग्य पर्यटनको बजारीकरणमा लाग्नुपर्नेमा जोड दिए।

नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज (नाटा)का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपालमा पर्यटकको बसाइ बढाउन सकिने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ९ : ५८ बजे

अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै

मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा

मनाङमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, नदीतटीय क्षेत्रमा सतर्कता

काठमाडौं । मनाङको चामेनजिकै पहिरोसँगै आएको लेदो तथा बाढीका कारण

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर

चोलेन्द्रलाई भेट्न नदिने प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्थाबारे