२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा



काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार ओएसआरको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।

बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको गीतमा अशोक दर्जीको पनि स्वर रहेको छ । फिल्मका अभिनेता समेत रहेका दर्जी र मुख्य कलाकार नीता ढुङ्गानालाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

दिदी-भाइबीचको आत्मीयता र प्रेमलाई भावुक ढङ्गले प्रस्तुत गरिएको गीतले रक्षाबन्धनको सन्दर्भमा दर्शकलाई भावुक बनाउन सक्ने देखिन्छ । गीतका शब्द र भिडियोको भावबीच समेत राम्रो सामञ्जस्य देखिन्छ ।

नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्ममा ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन् । उनीहरूका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्तप्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् ।

शंकर पाण्डे फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन् । फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार गरेका छन् । रोयल भीमसेनले पोस्टर डिजाइन गरेका छन् ।

फिल्मको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको निर्माण पक्षले जनाएको छ ।

यसअघि फिल्मको ‘नौ तुनाको रेल’ बोलको गीत सार्वजनिक भइसकेको छ । उक्त गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर, हर्क साउदको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : २२ बजे

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा