१ भदौ २०८३, सोमबार | August 17, 2026

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ : चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न क्षेत्रका श्रम गरेर फर्किएका ठूलो सङ्ख्याका रिटर्नी उद्यमी नेपालीहरूको सीप र पुँजीलाई नेपालले अधिकतम रुपमा प्रयोगमा ल्याउनुपर्ने बताएका छन्।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले आयोजना गरेको अन्तरक्रियामा उनले कोरियामा रहँदा विभिन्न क्षेत्रमा श्रम गरी ज्ञान र सीप हासिल गरेका उनीहरुको क्षमताको सदुपयोग गर्न सकिएमा नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार निर्माण हुनसक्ने धारणा राखे ।

नेपाल कोरिया श्रम सम्बन्ध दुई देशबीचको कूटनीतिक र सांस्कृतिकसँगै आर्थिक र व्यावसायिक साझेदारीको जीवन्त उदाहरण भएको पनि आइएमई ग्रुपका अध्यक्ष ढकालले बताए। हजारौँ नेपाली युवाले कोरियामा काम गरी हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति रहेकाले यसलाई संस्थागत गरी नेपालको विकासमा लगाउन राज्य र निजी क्षेत्र संयुक्त रुपमा लाग्नुपर्ने आवश्यकता उनले औँल्याए ।

कोरियाले साठी वर्षअघि गरिबीबाट औद्योगिक शक्तिमा फड्को मार्दा अपनाएको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन र सरकार–निजी क्षेत्रबीचको समन्वयजस्ता पाठ नेपालमा पनि लागू हुन सक्ने उनले बताए ।

रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सकेमा नेपालको औद्योगिक चरित्र नै परिवर्तन हुन सक्ने उनको भनाइ थियो ।

जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधिलगायत साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा प्रशस्त लगानी सम्भावना रहेको बताउँदै निवर्तमान अध्यक्ष ढकालले भारत–चीनसँगको भौगोलिक निकटता र सुध्रिँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन आधारका रूपमा स्थापित हुने अवसर दिएको बताए ।

उनले लगानीमैत्री नीति र एकद्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको र यो अभियान थप तीव्र पारिनुपर्ने आवश्यकता पनि औँल्याए ।

देशभर छरिएर रहेको साना पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै उनले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि उक्त कम्पनीले लगानी साझेदार बन्ने र सानो पुँजी भएकाहरूका लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सकिने बताए ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ११ : ३७ बजे

विश्वासको मत लिने कार्यसूची प्रकाशित भएसँगै जसपाबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

दाङ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनाराण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान

काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानार्थ महारथीको

साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी

किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड